www.canjhapa.org.np      9801456393

Press Release 2072/11/04

SUBISU CAN Info-Tech Press Release 2072/11/04

मितिः २०७२ साल फाल्गुन ४ गते
प्रथम पत्रकार सम्मेलन सुविसु क्यान इन्फोटेकको तीव्र तयारी, स्मार्ट टेक्नोलोजीको प्रवद्र्धनमा जोड कम्प्यूटर एशोसिएशन नेपाल महासंघ झापा शाखा (क्यान महासंघ झापा शाखा) ले झापामा प्रथम पटक सुविसु क्यान इन्फोटेक २०१६ आगामी फाल्गुन २१ गते देखी २५ (तदानुसार मार्च ४ देखी ८, २०१६) गते सम्म विर्तामोड झापा स्थीत कन्काई फाउन्डेशन ( कन्काई क्याम्पस) को प्राङ्गडढमा हुने जानकारी गराउ“दछौ । सूचना तथा सञ्चार प्रविधि क्षेत्रमा भएको विकास तथा नया“ प्रविधिको बारेमा जानकारी प्रदान गर्ने उद्धेस्यले क्यानले प्रत्येक वर्ष काठमाण्डौमा आयोजना गर्दै आए पनि मेचि अञ्चलमा प्रथम पटक झापा शााखाले सुविसु क्यान इम्फोटेक गर्ने भएको छ । यस पटक इन्फोटेकमा टाइटल स्पोन्सर, इन एशोसिएशन, प्लाटीनम, डाइमन्ड, गोल्ड, शिल्भर तथा अफिसियलका ७ वटा र अन्य ५६ वटा स्टल तथा साइवर अपराध सम्वन्धी नेपाल प्रहरी, व्लड डोनेसनको लागी नेपाल रेडक्रस झापा, ४ वटा फुड कर्नर, १ वटा फ्री चेक अप क्याम गरी जम्मा ७० स्टलहरु रहने छन् । प्रदर्शनीमा हार्डवोर सेवा प्रदायक, टेलिकम्यूनिकेशन, आइसिटि कलेज, टेÒनिङ्ग इन्टीच्यूट, सफ्टवोर सोलुसन, पावर सोलुसन तथा पेमेन्ट सोलुसन लगायत रहने छन । हाल सम्म ७ स्पोन्शर तथा अन्य ६० प्रतिशन स्टल वुकिङ्ग भइसको जानकारी गराउ“दछौ । क्यान इन्फोटेकको टाइटल स्पोन्सरमा सुविसु केवल नेटवर्क रहेको छ । यस इन्फोटेकमा १ लाख भन्दा वढी अवलोकन कर्ता आउने अपेक्षा हामीले गरेका छौ । मेलाका लागी सर्वसाधारहरुलाई प्रवेश शुल्क रु ५० र विद्यालयहरुबाट अग्रिम रुपमा लिखित अनुुरोध सहितको नामावलीका आधारमा सम्वन्धित निजी विद्यालयका विद्यार्थीहरुलाई रु २५ र सरकारी विद्यालयहरुका विद्यार्थीहरुलाई रु १० प्रवेश शुल्क व्यवस्था गरीएको छ । प्रदर्शनीमा लोपन्मुख प्रविधी देखी हाल सम्मका नया“ तथा अत्याधुनिक प्रविधिहरु को पर्दशर्नी हुनेछ । विशेष गरी इन्टरनेट सेवा प्रदायक कम्पनीहरुवाट विशेष छुट सहितको प्याकेज तथा हाइ स्पीट इन्टरनेट उपलव्ध गराइनेछ । टेलिफोन कम्पनीहरुले पनि आकर्षक अफर लिएर आउदैछन । कम्प्यूटर हार्डवोर सामाग्रीमा पनि विशेष सहुलियतका साथ यस प्रर्दशनिमा उपलव्ध हुनेछ । नया“ नया“ प्रविधीमा आधारीत मोवाइल फोन ट्याव्लेट तथा अन्य उपकरणहरु प्रदर्शनिमा उपलव्ध हुनेछन । त्यस्तै हाल उपलव्ध सफ्टवेयरहरुमा नया“ भर्सन सहितको अपडेट मोडल उपलव्ध हुनका साथै नया“ कम्पनी तथा उत्पादकहरुको समेत थालनी यस प्रर्दशनी मार्फत हुने भएकोछ । सुविसु क्यान इन्फोटेक झापा २०१६ को भिडियो प्रशारणमा मिडिया पार्टनर हिमशिखर टेलिभिजन. तथा स्पेशलिङ्क टेलिभिजन बाट हेर्न सकिने व्यवस्था मिलाइएकोछ भने सर्वसाधारणहरुलाई इन्फोटेकको विस्तृत जानकारीको लागी हाम्रो अडियो सुचना आजकै मितिबाट नेपाल टेलिकमको १६१८०७०७००२२६ नम्वर डायल गरी नेपाल टेलिकमको कुनै पनि नम्वरबाट सुन्न सकिने व्यवस्था मिलाइएको छ ।
सचिव
लक्ष्मी कान्त खनाल
क्यान महसंघ झापा
About Can Jhapa

Computer Association of Nepal (CAN) was formed in May 1992 but was formally registered in December...

  Contact Us
  FCAN Jhapa

Birtamod, Jhapa, Nepal

Tel : 9801456493
Mail : contact@canjhapa.org.np
Office Hours : 10:00am - 5:00pm